सुर्खेत । जाजरकोटकाे बारेकोट गाउँपालिका–२, लिम्सामा गाडीको रुटको विषयमा विवाद हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावल भएको प्रहरीले जानकारी दिएकाे छ ।
रावलको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेकाे थियाे । प्रहरीका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।
झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको प्रहरीले बताएकाे छ ।