Nepal Face
  • शुक्रबार, ५ भाद्र २०८३
  • अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन


    शुक्रबार, भाद्र ५ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।

    उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णतस् पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् ।

    रिसोर्ट सञ्चालक विश्व अधिकारीका अनुसार प्रधानमन्त्रीका निम्ति यसअघिनै रिसोर्टका कोठाहरू बुकिङ गरिएका छन्।

    यतिबेला रिसोर्टमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको छ। बाहिरी व्यक्तिलाई रिसोर्टमा प्रवेश निषेध गरिएको छ।

    उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार