काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।
त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा सचिवालय सदस्यमा मनोनीत भएका हुन्।
त्यस्तै रास्वपा बैठकले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मोनोनीत हुनेमा पूर्वाधार विकासमन्त्रीसमेत रहेका सुनिल लम्साल, भूपदेव साह, गृहमन्त्रीसमेत रहेका सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी छन्।
रास्वपा बैठकले विभागीय प्रमुखको जिम्मेवारीसमेत तोकेको छ। जसमा सार्वजनिक सेवा तथा जनगुनासोमा विजय जैरु, जनस्वास्थ्यमा डा। तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वयमा शिशिर खनाल, अर्थमा लिमा अधिकारी, प्रशिक्षणमा विपिन आचार्य र कमल सुवेदी र संगठनमा प्रमोद न्यौपानेलाई जिम्मेवारी तोकेको छ।
त्यस्तै पाँच जनालाई पदाधिकारीमा मनोतीत गर्दै रास्वपाले जिम्मेवारीसमेत तोकेको छ। जसमा प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा सुरेन्द्र चौधरी र डा। नविता यादव, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान र सह(कोषाध्यक्षमा बसुमाया तामाङ छन्।
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्। शुक्रबार दिउँसो...
पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार ९७ भदौ०मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर)मनोनीत भएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। ललितपुर क्षेत्र नं. २ बाट...
काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend