Nepal Face
  • शुक्रबार, ५ भाद्र २०८३
  • देउवा र शेखरबीच भेटवार्ता, काँग्रेसभित्रको विवाद र एकताबारे छलफल


    शुक्रबार, भाद्र ५ २०८३
    200
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच पार्टीभित्र चर्किएको विवाद तथा संगठनात्मक एकताका विषयमा छलफल भएको छ ।

    शुक्रबार बिहान कोइराला देउवा निवासमै पुगेर भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक परिस्थिति र काँग्रेसभित्र देखिएको मतभेदलाई व्यवस्थापन गर्ने उपायबारे कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

    थपलियाका अनुसार दुई नेताबीचको संवाद समसामयिक राजनीतिक अवस्थासँगै पार्टी एकतालाई केन्द्रमा राखेर भएको थियो ।

    काँग्रेसमा आगामी नेतृत्व र महाधिवेशनको विषयलाई लिएर संस्थापन तथा देउवा पक्षबीच मतभेद बढ्दै गएको छ । देउवा पक्षले गगन थापालाई सभापतिको उम्मेदवारका रूपमा स्वीकार नगर्ने अडान लिएपछि पार्टीभित्रको विवाद थप गहिरिएको छ ।

    संस्थापन पक्षले आगामी असोजमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाइसकेको छ । त्यसविरुद्ध देउवा पक्षले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

    पार्टीभित्रको विवादले संगठनात्मक विभाजनको सम्भावना बढिरहेका बेला नेता कोइरालाले काँग्रेसका विभिन्न पक्षका नेताहरूसँग संवाद अघि बढाएका छन् । यही क्रममा देउवासँग भएको भेटलाई पनि पार्टीभित्रको असहमति घटाउने प्रयासका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार