काठमाडौँ। मुस्ताङ भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौँबाट आज शुक्रबार (बिहान) आफ्नो सरकारी गाडीमार्फत पोखरातर्फ प्रस्थान गरेका छन्। उनी गाडीमै पोखरा पुगेर मुस्ताङ जाने कार्यक्रम छ।
प्रधानमन्त्री शाह आज पोखरा पुग्ने कार्यक्रम छ। यद्यपि प्रधानमन्त्री कुन प्रयोजनका निम्ति पोखरा आउन लागेका हुन् भन्नेबारे सुरक्षा निकायसमेत बेखबर रहेको जनाएको छ ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयबाट कुनै जानकारी प्राप्त नभएको बताए।
प्रधानमन्त्रीको मुस्ताङ जाने कार्यक्रम तय भएको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत भ्रमणबारे कुनै जानकारी नभएको जनाइएको छ।
मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको तर सुरक्षा प्रबन्ध गर्न कुनै समस्या नभएको प्रतिक्रिया दिए।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend