Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • मुस्ताङ भ्रमणका लागि प्रधानमन्त्री वालेन पोखरातर्फ प्रस्थान


    शुक्रबार, भाद्र ५ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मुस्ताङ भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौँबाट आज शुक्रबार (बिहान) आफ्नो सरकारी गाडीमार्फत पोखरातर्फ प्रस्थान गरेका छन्। उनी गाडीमै पोखरा पुगेर मुस्ताङ जाने कार्यक्रम छ।

    प्रधानमन्त्री शाह आज पोखरा पुग्ने कार्यक्रम छ। यद्यपि प्रधानमन्त्री कुन प्रयोजनका निम्ति पोखरा आउन लागेका हुन् भन्नेबारे सुरक्षा निकायसमेत बेखबर रहेको जनाएको छ ।

    कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयबाट कुनै जानकारी प्राप्त नभएको बताए।

    प्रधानमन्त्रीको मुस्ताङ जाने कार्यक्रम तय भएको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत भ्रमणबारे कुनै जानकारी नभएको जनाइएको छ।

    मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको तर सुरक्षा प्रबन्ध गर्न कुनै समस्या नभएको प्रतिक्रिया दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार