Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली प्रहरी बनी ठगी गर्ने दुईजना पक्राउ


    शुक्रबार, चैत्र २० २०७७
    4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । नक्कली प्रहरी बनी व्यापारीलाई ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गर्ने धनगढी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हाे ।

    कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेको हो ।

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार