Nepal Face
  • शुक्रबार, ५ भाद्र २०८३
  • सुनको भाउ ३ हजार ३ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, भाद्र ५ २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैँयाले बढेको हो ।

    यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार