काठमाडौँ । विज्ञहरुले काठमाडौँको वायु जनस्वास्थ्यका लागि घातक बनेर बताइरहेकाे समयमा पनि सरकार मौन बसेको भन्दै शुक्रबार वातावरण संरक्षण अभियान्ताहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।
देशका विभिन्न भागमा वायु प्रदूषण बढेको समय सरकार कानमा तेलहालेर बसेकाे भन्दै सरकारलाई झक्झक्याउन प्रदर्शन गरेका प्रदर्शनकारीहरुकाे भनाइ छ ।
प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै ९–१० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको स्रोतले जानएकाे छ ।