काठमाडौँ। नेकपा (एमाले)बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिइने भएको छ भने मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ।
मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दलको नेताबाट नहटाउने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको हो।
एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकमा बागमती अध्यक्ष कैलाश ढुंगेल र प्रदेश उपाध्यक्ष दावा दोर्जे लामालगायत नेताहरू सहभागी भएका छन्।
यसअघि साउन २७ गते थपलियाविरुद्ध एमालेका १६ जना प्रदेश सभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर, पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति जुटाइएको हो।
एमाले–नेकपा गठबन्धनसँग ५१ सांसद रहेकाले थापालाई मुख्यमन्त्री बनाउन थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ। एमाले भित्रको विवाद टुङ्गिएसँगै अब एमालेले बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) सँग छलफल गर्ने नेता थापाले बताए।
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend