Nepal Face
  • मंगलबार, २ भाद्र २०८३
  • बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई बनाउने सहमति


    मंगलबार, भाद्र २ २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिइने भएको छ भने मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ।

    मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दलको नेताबाट नहटाउने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको हो।

    एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकमा बागमती अध्यक्ष कैलाश ढुंगेल र प्रदेश उपाध्यक्ष दावा दोर्जे लामालगायत नेताहरू सहभागी भएका छन्।

    यसअघि साउन २७ गते थपलियाविरुद्ध एमालेका १६ जना प्रदेश सभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर, पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति जुटाइएको हो।

    एमाले–नेकपा गठबन्धनसँग ५१ सांसद रहेकाले थापालाई मुख्यमन्त्री बनाउन थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ। एमाले भित्रको विवाद टुङ्गिएसँगै अब एमालेले बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) सँग छलफल गर्ने नेता थापाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार