Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राजिलमा कोरोनले उग्ररुप लियो, एकैदिन ३८ सयभन्दा बढीको मृत्यु


    शुक्रबार, चैत्र २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। कोरोना भाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

    सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो ।

    योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

    धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन् ।

    तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार