Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक आह्वान


    मंगलबार, भाद्र २ २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शुक्रबार केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

    महामन्त्री विपिन आचार्यले मंगलबार एक सूचना जारी गर्दै शुक्रबार केन्द्रीय समिति बस्ने जनाएका छन्।

    उनका अनुसार पार्टी सभापतिको निर्देशानमा शुक्रबार बैठक बोलाइएको हो।

    केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने भएकाले अनिवार्य उपस्थितिका लागि सूचित गरिएको उनले जारी गरेको सूचनामा उल्लेख छ।

    बैठकको कार्यसूची भने अहिलेसम्म तय भइसकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार