काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको कार्यसम्पादन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै राईले सरकारका विभिन्न मन्त्रालयको काम, प्राथमिकता र जबाफदेहितामाथि प्रश्न उठाएका हुन्। प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रालयका मन्त्रीसम्मले संवेदनशील सार्वजनिक मुद्दामा अपेक्षित जिम्मेवारी पूरा गर्न नसकेको उनको दाबी छ।
राईले सीमा सुरक्षा, शान्ति तथा सुरक्षा, कृषि सामग्रीको उपलब्धता, खाद्यान्न आपूर्ति, रोजगारी विस्तार र बजार मूल्य नियन्त्रणजस्ता विषयलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए। जनताले भोगिरहेका यस्ता समस्यामा राज्यको उपस्थिति प्रभावकारी देखिनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई सरकारको कामकारबाही र जनसरोकारका विषयमा सांसदहरूले उठाएका प्रश्नको स्पष्ट तथा विषयगत जवाफ दिनुपर्ने मागसमेत राईले राखे।
भूमि व्यवस्थापनसम्बन्धी विषयमा उनले सुनसरीको रामधुनी नगरपालिका-७ मा रहेको ६४ बिघा जग्गा भू-माफियाले आफ्नो नाममा पारेको भनिएको विषय तत्काल छानबिन गरी प्रभावित बस्तीका नागरिकलाई न्याय दिलाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराए।
त्यसैगरी, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको ठूलो रकम जोखिममा परेको उल्लेख गर्दै उनले पीडितको रकम फिर्ता हुने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।
सहकारी पीडितले रकम फिर्ता नपाउने, न्यायिक प्रक्रियाबाट अपेक्षित न्याय प्राप्त गर्न कठिन हुने तथा सर्वसाधारणले सहज रूपमा स्वास्थ्य उपचारसमेत पाउन नसक्ने अवस्था राज्यको जवाफदेहितासँग जोडिएको राईको भनाइ थियो। सरकार संसद्प्रति र संसद् जनताप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए।
विकास निर्माणतर्फ ध्यानाकर्षण गराउँदै राईले सुनसरी(१ सहित देशका विभिन्न स्थानमा रोकिएका विकास आयोजनाको ठेक्का प्रक्रिया शीघ्र अघि बढाउन माग गरे। विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ हुँदा सार्वजनिक सेवा तथा पूर्वाधार निर्माण प्रभावित हुने भएकाले सम्बन्धित निकायले प्रक्रियागत काममा गति दिनुपर्ने उनको भनाइ थियो।
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालु आर्थिक वर्षमा मन्त्रालयगत रूपमा अघि बढाइने प्राथमिकता, लक्ष्य तथा अपेक्षित उपलब्धिलाई केन्द्रमा राखेर कार्यसम्पादन सम्झौता...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै तयारी वा छलफल नभएको बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग...
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३...
काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend