Nepal Face
  • बुधबार, ३ भाद्र २०८३
  • भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना: ६ जना घाइते


    मंगलबार, भाद्र २ २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश चढेको स्कारपियो गाडी मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

    काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको हो।

    दुर्घटनामा परि गाडीमा सवार २ महिला र ४ पुरुष गरी ६ जना नै घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश दाङ तुलसीपुर उपमहानगरपालिका- ९ का बासिन्दा ५७ वर्षीय गोकर्ण डाँगी , दाङ राप्ती नगरपालिका-८ का गाडी चालक ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द नगरपालिका- ७ घर भएका उच्च अदालतका रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडु , उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, दिदी ३१ वर्षीया रिना बडु र २५ वर्षीय छोरा रितेन्द्र बडु रहेका छन्।

    प्रहरीका अनुसार घाइतेमध्ये रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडुको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक छ। मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार बडुसहित अन्य ५ जनाको टाउको तथा शरीरमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको छ।

    घाइतेहरूलाईभीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार