काठमाडौँ। उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश चढेको स्कारपियो गाडी मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको हो।
दुर्घटनामा परि गाडीमा सवार २ महिला र ४ पुरुष गरी ६ जना नै घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश दाङ तुलसीपुर उपमहानगरपालिका- ९ का बासिन्दा ५७ वर्षीय गोकर्ण डाँगी , दाङ राप्ती नगरपालिका-८ का गाडी चालक ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द नगरपालिका- ७ घर भएका उच्च अदालतका रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडु , उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, दिदी ३१ वर्षीया रिना बडु र २५ वर्षीय छोरा रितेन्द्र बडु रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडुको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक छ। मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार बडुसहित अन्य ५ जनाको टाउको तथा शरीरमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको छ।
घाइतेहरूलाईभीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend