Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • गगन थापालाई सभापति मान्न तयार छौं, तर अरू नेतालाई पनि पद चाहिन्छ: शशांक कोइराला


    सोमबार, भाद्र १ २०८३
    435
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेलारसम्मेलनका संयोजक शशांक कोइरालाले गगन थापालाई नै सभापति मान्न आफूहरू तयार रहेको तर पार्टीका वरिष्ठ नेताहरूलाई पनि समेट्नुपर्ने बताएका छन्।

    साउन २९ देखि ३१ गतेसम्म चलेको राष्ट्रिय भेलारसम्मेलनपछि सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा भएको चियापान समारोहमा सहभागी रहेका कोइरालाले पार्टीभित्रका नेताहरूलाई पद नमिलेका कारण एकता हुन नसकेको संकेत गरे।

    ‘मैले त सभापति गगन थापा तपाईं नै बस्नुस्, अरू साथीहरूलाई समेट्नुस् न, त्यो उहाँले नमान्ने, केही पनि नमान्ने हो भने त हामी के गर्न सक्छौंरु,’ चुनदेवी सम्पर्क कार्यालयमा उनले भने।

    उहाँहरूबीच दूरी घटाउन म तयार छु, मैले धेरैचोटि गगनसँग भेटेको पनि छु। उनले शशांकलाई आफूतिर तान्न प्रयास गरेका थिए, म त्यसरी जाने कुरा आएन। त्यो बुझिसकेपछि मैले उहाँलाई भनेँ( यसरी हुँदैन। म जाँन्न। मलाई तान्नु छ भने सबैलाई तान्नु। कुरा मिलेन,’ उनले भने, ‘म पार्टी विभाजन पक्षमा छैन। हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं। कहिले र कसरी मिल्छ त्यो भन्न गाह्रो छ। हृदय सफा गरेर भन्न सक्नुपर्छ दुवै पक्षले, हामीलाई के चाहिन्छ भनेर। चाहिने त त्यो पद हो।’

    एकतामा कुरा नमिल्नुमा पदको कारण रहेको पनि उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार