काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
सोमबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्।
साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश सभा बैठक बसेको थियो।
बहुमत सदस्यको समर्थन प्राप्त हुने नदेखे पनि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन्।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।
कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा)को दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा देखेपछि मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्।
उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । आन्तरिक छलफलपछि सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम...
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा आएर सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध...
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती र लुम्बिनी मुख्यमन्त्रीहरूलाई विश्वास मत नदिने भएको छ। बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा एमाले नेतृत्वमा...
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा...
काठमाडौँ। नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend