Nepal Face
  • सोमबार, १ भाद्र २०८३
  • सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ


    सोमबार, भाद्र १ २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा आएर सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख अर्यालले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।

    सभामुखले भने, ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिने म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’

    प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ।

    पछिल्लो समय सदनमा उठेका प्रश्नको जवाफ सरकारको तर्फबाट नआएको भन्दै सांसदहरूले विरोध जनाउँदै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार