Nepal Face
  • सोमबार, १ भाद्र २०८३
  • कोशी सरकारमा सहभागी हुदै नेकपा, ४ मन्त्रीले आजै शपथ लिने


    सोमबार, भाद्र १ २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

    नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिपछि आज नेकपा प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको हो ।

    ९ मन्त्रालय रहेको प्रदेशमा नेकपाबाट ४ जना मन्त्री सहभागी हुनेछन् । मुख्यमन्त्रीसहित ५ मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ

    सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्। दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार