काठमाडौं । रेमिट्यान्सका भरमा देश चलेको छ । तर त्यही रेमिट्यान्स भित्र्याउने कामदार बिदेश पठाउन सहजीकरण गर्ने म्यानपावरहरु सरकारको दम्भले गर्दा आजदेखि बन्द भएका छन् । महिनौंदेखि राखिएका आफ्ना मागप्रति सरकार गम्भीर नभएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गरेको छ ।
आजदेखि संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत रोक्ने निर्णय गरेको छ । यसअघि साउन ७ गते संघले सरकारसँग १५ बुँदे माग राखेको थियो । सरकारसमक्ष पेश गर्दै १५ दिनभित्र माग सम्बोधन नभए वैदेशिक रोजगारीका लागि कामदार पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्ने चेतावनी दिएको थियो । १५ दिन बित्दा पनि सरकारले माग पूरा नगरेपछि आजदेखि कामदार पठाउन बन्द गरेको संघले जनाएको छ ।
संघले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो । श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि आजदेखि सम्पूर्ण काम–कारोबार ठप्प पारिएको संघले जनाएको छ ।
श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे कुनै ठोस सहमति हुन नसकेको संघले जनाएको छ । मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको संघको आरोप छ ।
आजदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा कार्यालय बन्द रहनेछन् । नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट तथा सम्पूर्ण रिक्रुटिङ प्रक्रिया रोकिएको संघले जनाएको छ । पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारोबारसमेत बन्द रहनेछन् ।
संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ ।
‘हाम्रा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्ष फिर्ता वा स्थगित गरिने छैन’ विज्ञप्तिमा भनिएको छ ।’
संघले वार्ता र संवादका लागि ढोका खुला रहेको बताए पनि सरकारबाट ठोस कदम नआएसम्म काममा नफर्कने अडान लिएको छ । साथै, सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशन दिइएको छ ।
संघको निर्णय अवज्ञा गरी काम सुचारु राख्ने संस्थाको अभिलेख राखिने र त्यस्ता संस्थालाई भविष्यमा संघबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गरिने चेतावनी दिइएको छ । त्यस्ता संस्थामाथि आगामी समीक्षा भेलाबाट कारबाही प्रक्रिया अघि बढाइने संघले जनाएको छ ।
नेपालको अर्थतन्त्र नै बैदेशिक रोजगारीले धानिएको छ । नेपालमा पछिल्लो आर्थिक बर्षमा बार्षिक २१ खर्ब रुपैयाँ भन्दा बढी बिप्रेषण (रेमिट्यान्स) भित्रिएको तथ्यांक छ । आर्थिक बर्ष २०८२–८३ को ११ महिनामा (साउनदेखि जेठ मसान्तसम्म) नेपालमा २१ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्याङ्क छ । जुन नेपालको इतिहासमै सबैभन्दा उच्च दरको बृद्धि हो । आर्थिक वर्ष २०८१–८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
काठमाडौं । स्वास्थ्य सेवा बिभाग आफ्नै क्रियाकलापले अस्वस्थ भएको छ । कार्य ब्यवहार सन्तोषजनक नभएका कारण उपसचिव मोहन कोइरालालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा...
भूपू प्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फिर्ता भएका छन् । जेनजी प्रदर्शनपछि उपचारका निम्ति विदेश पुगेका उनी साउन २८ गते नेपाल आएका...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका सरकारका मन्त्रीहरुले पदीय जिम्मेवारीका बारेमा ख्याल नगर्दा विवादमा पर्ने गरेका छन् । गृहमन्त्री सुधन गुरुङ छापा हान्दै हिंड्दा...
भक्तपुर । भक्तपुर क्यान्सर अस्पताल विकास समितिको संचालक समितिको बैठकले अवकाशप्राप्त प्रशासन प्रमुख राजाराम तजलेलाई उपदानबापत ४० लाख रुपैयाँ एकमुष्ट दिने निर्णय गरेको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend