Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैदेशिक रोजगार ब्यवसायीको अध्यक्षमा गुरुङ बिजयी, कांग्रेसको एक समूहले साथ दिंदा पनि गेलाल हारे


    शनिबार, चैत्र ३० २०८१
    955
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन् ।

    गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भएर संघको अनुभव संगालेका व्यवसायी हुन् । अध्यक्षमा विजयी भएसँगै गुरूङले संघलाई निश्चित समूहको स्वार्थपूर्तिको माध्यम बन्नबाट रोकी सबै व्यवसायीको हकहितमा काम गर्ने बताए ।

    लोकतान्त्रिक एशोसिएसन र बैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष, महासचिवसहित १३ पदमा बिजयी भएको छ भने गेलाल समूहका ४ बिजयी भएका छन् ।

    शुक्रबार भएको निर्वाचनमा अध्यक्ष गुरूङले ४ सय २८ मत पाउँदा उनका प्रतिस्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा बनेको संयुक्त व्यवसायी समूहका उम्मेदवार नरेश गेलालले ३ सय ६७ मत प्राप्त गरेका छन् ।

    प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्सका सुजितकुमार श्रेष्ठ बिजयी भएका छन् भने विजयी श्रेष्ठले ३७५ मत प्राप्त गर्दा नोकरी नेपाल प्रालिका संचालक नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरेका छन् ।
    यसैगरी, सो पदमा प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गरेका छन् ।

    द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रालिका संचालक देवकुमार खोखालीले ४०२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले २४ मत कम ३ सय ७८ मत प्राप्त गरेका छन् ।

    तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४ सय ३५ मत ल्याई विजयी भएका छन् भने पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका संचालक हर्कबहादुर लिम्बूले ८५ मत कम ३५० मत प्राप्त गरेका छन् ।
    यसैगरी महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका संचालक महेशकुमार बस्नेतले ४ सय २३ मत ल्याई विजयी हुदा प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ६१ मत कमी ३६२ मत प्राप्त गरेका छन् ।

    गुरूङ प्यानलका अध्यक्षका उम्मेदवार गुरुङ र महासचिवका उम्मेदवार बस्नेतले समान ६१ मतको अन्तरले निर्वाचन जितेका छन् ।
    यसैगरी आकृति रिक्रुटिङ प्रालिका संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे डिङ्दोङले ३ सय ७४ मत ल्याई सचिवमा विजयी भएका छन् भने पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ६३ मत कमी ३ सय ११ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गरेका छन् ।

    कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार शुभ हारती मेनपावर प्रालिका सञ्चालक बिक्रम श्रेष्ठले ७१ मत कमी ३ सय ५७ मत प्राप्त गरेका थिए ।
    कांग्रेस निकट लोकतान्त्रिक एशोसिएसनको एक समूहले साथ दिंदा पनि गेलाल पराजीत हुन पुगेका छन् ।

    एमालेनिकट प्रगतिशील ब्यवसायी संघबाट अध्यक्षका उम्मेदवार गेलाल आम ब्यवसायीबीच लोकप्रिय नभएकाले कांग्रेसको एक समूहले साथ दिंदा पनि हारेको चर्चा हुँदैआएको छ । उनले राम्रो काम गरिरहेका ब्यवसायीका बिरुद्ध बैदेशिक रोजगार बिभागदेखि मन्त्रालयतिर नभएका कुरा लगाउने गरेका छन् । उनले आफ्नै साझेदारलाई समेत धोका दिएको पीडा हाल महोत्तरीका प्रमुख जिल्ला अधिकारी रहेका लालबाबु कवारीले समेत पोख्दैआएका छन् ।

    अख्तियारले मुद्दा दायर गरेपछि निलम्बनमा परेका बेला कवारी गेलालसँग साझेदारीमा म्यानपावरमा जोडिएका थिए । बैदेशिक रोजगार बिभागमा काम गरेकाले उनले खाडी मुलुकबाट कामदारको माग ल्याउने र गेलालको म्यानपावरबाट पठाउने गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार