Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • शिक्षाविद् एवं पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन


    आइतबार, साउन ३१ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • क्यालगरी । नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा साउन ३० गते क्यानाडाको क्यालगरीमा निधन भएको छ ।

    दीर्घकालदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा उपचार सम्भव नभएपछि घरमै राखिएर उपचार गर्ने क्रममा उनको निधन भएको ज्वाइँ एवं पत्रकार ज्योति वैद्यले जानकारी दिनुभएको हो ।

    वि.सं. १९९२ फागुनमा सिराहामा जन्मिएका धौभडेलले वि. सं. २०२१ देखि २०५७ सम्म करिब ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा निरन्तर सेवा गरेका उनले प्राध्यापक, कान्ति छात्रावासको वार्डेन, महेन्द्ररत्न क्याम्पस ताहाचलको क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकायको सहायक डिन तथा डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए ।

    २०५० को दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य समेत रहेका धौभडेल सन् १९९५ देखि १९९६ (वि.सं. २०५१) सम्म भारत र भुटानका लागि नेपाली राजदूत नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार