Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • भारतीय स्थलसेनाध्यक्ष धिरज सेठ काठमाडौँमा


    आइतबार, साउन ३१ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन्।

    प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले भ्रमण अवधिमा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।

    भ्रमणका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, विद्यमान सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।

    चारदिने भ्रमण पूरा गरी भारतीय स्थलसेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार