काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ अब चौबिसै घण्टा खुल्ने भएको छ ।
भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो । भाटभटेनीले सुरुवातमा भक्तपुर, ललितपुर र काठमाडौंका एक–एक स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागेको हो ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार भक्तपुरको स्टोर चौबिसै घण्टा सञ्चालनमा आएको एक सातापछि ललितपुर कृष्णगल्लीस्थित स्टोर र भदौ तेस्रो सातापछि काठमाडौं टंगालस्थित स्टोर पनि यसैगरी चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी छ ।
चौबिसै घण्टा सञ्चालनमा आउन लागेका सुपरस्टोरका पहिलो तलामात्र खुला हुनेछन् । पहिलो तलामा ग्रोसरी सामानमात्र उपलब्ध हुन्छन् ।
चौबिसै घण्टा स्टोर सञ्चालनका लागि भाटभटेनीले आफ्नो तर्फबाट सुरक्षा थप बढाएको जनाएको छ । पहिलो तला ९ग्रोसरी० मात्र सञ्चालन हुने भएकाले कर्मचारी पनि धेरै नचाहिने कम्पनीको भनाइ छ ।
राति पनि सञ्चालन हुने भएकाले प्रहरी प्रशासनलाई पनि यसबारे जानकारी दिइएको पौडेलले बताए ।
४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend