Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • धार्मिक आस्थाको अधिकारप्रति देउवाको जोड, आफू कुनै समुदायविरुद्ध नरहेको स्पष्टोक्ति


    आइतबार, साउन ३१ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो धार्मिक आस्था हिन्दु धर्मप्रति रहेको उल्लेख गर्दै आफू कुनै धर्म वा समुदायको विरोधमा नरहेको स्पष्ट पारेका छन्।

    काँग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल बहुधार्मिक समाज भएकाले सबै समुदाय र धर्मप्रति सम्मानको भावना आवश्यक रहेको धारणा राखेका हुन्।

    उनले आफूलाई हिन्दूका रूपमा परिचित गराउन तथा हिन्दु धर्मप्रति विश्वास राख्न पाउने अधिकार रहेको बताएका छन्। आफ्नो धार्मिक पहिचानलाई लिएर अन्यथा बुझाइ हुन नहुने उनको भनाइ थियो।

    सम्बोधनका क्रममा देउवाले नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायको उपस्थिति रहेको उल्लेख गर्दै आफू तीमध्ये कुनै समुदाय वा धर्मको विपक्षमा नरहेको प्रस्ट्याएका छन्।

    उनको भनाइले व्यक्तिगत धार्मिक आस्था र अन्य धर्म तथा समुदायप्रतिको सम्मानलाई अलग विषयका रूपमा बुझ्नुपर्ने सन्देश दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार