काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा गरिरहेका राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।
गत शुक्रबारबाट काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए ।
भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् ।
शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो । समूहका टोली नेताले ती प्रस्तावमा के के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए ।
प्रतिनिधिहरूबाट आएका धारणबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रतिवेदनहरू परिमार्जनसहित पारित भएका हुन् ।
काठमाडौं । नेकपा(एमाले) की नेतृ उषाकिरण तिम्सिनाले सबै धर्म राज्यका दृष्टिमा बराबर हुने ब्यवस्था संविधानमा भए पनि पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले आज...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको हिन्दू हुँ भन्ने अभिब्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की नेतृ खुस्बु ओलीले स्वागत गरेकी छन् । देउवाको अभिव्यक्तिले नेपालका...
काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित आइतबार राजधानीको संवाद डबलीमा जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई...
क्यालगरी । नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा साउन ३० गते...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन्। आइतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend