Nepal Face
  • शुक्रबार, २९ साउन २०८३
  • गगनलाई सभापति स्वीकार्न सकिन्न, महाधिवेशन देउवाकै नेतृत्वमा हुनुपर्छ: प्रकाशशरण महत


    शुक्रबार, साउन २९ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्चबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै एकताको पक्षमा रहेको बताएका छन्।

    इतर पक्षको भेलालाई सम्बोधन गर्दै आफूहरूले विभाजन चाहेको भनेर भ्रम फैलाइएको बताए।

    उनले भने, ‘कांग्रेसको आधिकारिकता अहिले जहाँ छ त्यहाँ आत्मा छैन, शरीर मात्रै छ। आत्मालाई जबरजस्ती बाहिर धकेलेर निकालियो। त्यसैले आत्मासहितको कांग्रेस आवश्यक छ। त्यसैले जोडिनुपर्छ’।

    उनले त्रुटि भएकै कारणले सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको बताए। सर्वोच्चबाट निस्सा पाएपछि गगन नेतृत्वको कार्यसमितिलाई स्वीकार्न नकिने बताए। उनले देउवाको नेतृत्वमै १५ औँ महाधिवेशन हुनुपर्ने बताए। उनले देउवाकै नेतृत्वमा पार्टी एकता सम्भव भएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार