काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्। लामो उपचारपछि बिहीबार नेपाल फर्किएका देउवा त्यसको भोलिपल्टै इतर पक्षको कार्यक्रममा उपस्थित भएका हुन्।
काठमाडौँस्थित मिराकल पार्टी प्यालेसमा आयोजित भेलामा देउवा पक्ष तथा डा. शशांक कोइराला समूहका नेता-कार्यकर्ताको सहभागिता रहेको छ। गत माघमा सम्पन्न काँग्रेसको विशेष महाधिवेशनप्रति असहमति राख्ने समूहका नेताहरू भेलामा सहभागी भएका हुन्।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको छ।
जेन जेड आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि गत १३ फागुनको राति सिंगापुर गएका थिए। उपचारकै क्रममा उनी थप स्वास्थ्य उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए।
हङकङमा उपचारपछि उनी बिहीबार काठमाडौँ फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै काँग्रेसभित्रको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा उनको सहभागितालाई पार्टीको आन्तरिक राजनीतिक गतिविधिका दृष्टिले समेत चासोका साथ हेरिएको छ।
भेलामा विशेष महाधिवेशनसँग सम्बन्धित विषय, पार्टीको पछिल्लो अवस्था तथा आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ। देउवा र शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थितिले काँग्रेसभित्रको पछिल्लो शक्ति समीकरण र आन्तरिक मतभेदलाई समेत सतहमा ल्याएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend