काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबिच आज (शुक्रबार) भेटवार्ता भएको छ।
केही बेरअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतले प्रधानसेनापति सिग्देल आएको र प्रधानमन्त्रीसँग भेटघाट चलिरहेको बताए पनि छलफलको विषय जानकारी नभएको बतायो।
यस्तै नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटघाटबारे आफू जानकार नरहेको दाबी गरे।
रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको भेटघाट नियमित भएको दाबी सेनाले गरेको छ। यसअघि साउन १९ गते पनि प्रधानमन्त्री शाह र सेनापति सिग्देलबिच भेटघाट भएको थियो।
त्यतिबेला भने गोकर्णमा सेनाको संरक्षणमा रहेको नेपाल ट्रष्टको जग्गामा सैनिक अधिकारीलाई अटेर गरेर प्रधानमन्त्रीकै दल रास्वपाका सांसद राजु पाण्डे नेतृत्वमा डोजर चलाइएको विषयमा छलफल भएको थियो।
उक्त भेटमा सेनापतिले यस विषयमा असन्तुष्टि जनाएको दाबी प्रधानमन्त्री कार्यालय स्रोतको छ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्चबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै एकताको पक्षमा रहेको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै...
काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई वैदेशिक...
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरुबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको...
काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितीले भूमिहिन...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend