काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे भेलाको उद्घाटन हुनेछ। उद्घाटन समारोहलाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलाको आज उद्घाटन सत्र मात्रै सञ्चालन हुनेछ भने भोलिदेखि अन्य कार्यक्रम सुरु हुने जनाइएको छ।
देउवा करिब ६ महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। सिंगापुरमा थप उपचार गराएर उनी बिहीबार अपराह्न थाइ एयरवेजमार्फत नेपाल फर्किएका हुन्। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी देउवा घाइते भएका थिए।
विमानस्थलबाट सोझै इतर समूहको काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा लगिएको थियो। त्यहाँ सम्बोधन् गर्दै देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका थिए।
उनले प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका थिए।
विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएपछि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद चर्किएको छ। यसैबीच देउवा पक्षका नेताहरूले राष्ट्रिय भेला आयोजना गरेपछि पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको छ
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्चबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै एकताको पक्षमा रहेको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै...
काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई वैदेशिक...
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरुबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको...
काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितीले भूमिहिन...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend