काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे भेलाको उद्घाटन हुनेछ। उद्घाटन समारोहलाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलाको आज उद्घाटन सत्र मात्रै सञ्चालन हुनेछ भने भोलिदेखि अन्य कार्यक्रम सुरु हुने जनाइएको छ।
देउवा करिब ६ महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। सिंगापुरमा थप उपचार गराएर उनी बिहीबार अपराह्न थाइ एयरवेजमार्फत नेपाल फर्किएका हुन्। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी देउवा घाइते भएका थिए।
विमानस्थलबाट सोझै इतर समूहको काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा लगिएको थियो। त्यहाँ सम्बोधन् गर्दै देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका थिए।
उनले प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका थिए।
विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा आएपछि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद चर्किएको छ। यसैबीच देउवा पक्षका नेताहरूले राष्ट्रिय भेला आयोजना गरेपछि पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको छ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend