Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार


    शुक्रबार, साउन २९ २०८३
    235
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले साउन २९ गते बिहान सकुशल उद्धार गरेको छ ।

    कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं.५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो ।

    लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने दुई वटा फलामको पुल बगाउनुकोसाथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरु उक्त मन्दिरमा अलपत्र परेका थिए ।

    सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली साउन २८ गते राती साढे २ बजे उनीहरुको उद्धारको लागि खटिएको थियो ।

    लगातार वर्षा र सो खोलामा आएको बाढीको कारण उद्धार गर्न कठिनाई भएपछि सो टोलीले पुनः साउन २९ गते बिहान रोप रेस्क्यु विधि अपनाई उनीहरु तीनै जनालाई सकुशल उद्धार गर्न सफल भएको हो ।

    उद्धार गरिएकाहरुमा सोही जिल्लाको पोखरा महानगरपालिका–१८ साराङकोट बस्ने २८ बर्षिय प्रदिप ढकाल, सर्लाही जिल्ला घर भई हाल अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३० बर्षिय रेवन्त प्रसाद सिंह र भारत घर भएका ५२ बर्षिय निर्माण गिरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार