Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै


    शुक्रबार, साउन २९ २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

    बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव संकलन, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, दिउँसो साढे २ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल हुनेछ ।

    यस्तैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार