Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • अपडेट: थवाङ पहिरोमा परि मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता 


    बिहिबार, साउन २८ २०८३
    155
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अविरल वर्षापछिको आएको पहिरोमा परेर रोल्पाको थवाङमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

    रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने अन्य ५ जना अझै बेपत्ता छन् ।

    सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।

    पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ।

    बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् ।

    बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार