Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • पत्रकार किशोर श्रेष्ठलाई अदालत उपस्थित गराइँदै


    बिहिबार, साउन २८ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै छ । प्रहरी स्रोतका अनुसार उनलाई केहीबेरमा अदालत उपस्थित गराउन लागेको हो।

    वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो ।

    जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

    नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी लगायतले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार