Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, स्वागतका लागि बाजागाजासहित विमानस्थल पुगे कार्यकर्ता


    बिहिबार, साउन २८ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब ६ महिनापछि स्वदेश फर्किएका छन्। सिंगापुरमा थप उपचार गराएर देउवा बिहीबार अपरान्ह थाइ एयरवेजबाट नेपाल फर्किएका हुन्।

    उनी सवार जहाज भर्खर विमानस्थलमा अवतरण भएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन्।

    देउवाको स्वागतमा विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसमेत पुगेका छन्। देउवा आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

    जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते भएको सांघातिक आक्रमणमा परी उनी घाइते भएका देउवा दम्पति गत फागुनमा थप उपचारका लागि सिंगापुर गएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार