काठमाडौँ। विदेश गएको साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।
कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।
यसअघि उनी यही साउन २६ गते राति नौ बजेपछि नेपाल फर्किने तयारी थियो। तर राति आउँदा स्वागतमा समस्या हुनसक्ने भन्दै उनको स्वदेश फर्किने सयम दुई दिनपछि दिउँसोको लागि सारिएको हो।
कांग्रेस नेता डा.प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनेछन्। उनको भव्य स्वागत गर्ने तयारी कांग्रेसको देउवा पक्षले गरेको छ।
देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमणमा रहेकी देउवापत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लाग सिंगापुर गएकी थिइन्।
त्यसपछि दुवै जना सिंगापुरबाटै थप उपचारका लागि हङकङ पुगेको जानकारी दिइएको थियो। त्यसयता उनीहरू कहाँ छन भन्ने खुलाइएको छैन।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend