Nepal Face
  • बुधबार, २७ साउन २०८३
  • कोशीमा कांग्रेसका ५ मन्त्रीले बुझाए राजीनामा


    बुधबार, साउन २७ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।

    बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएको कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिए ।

    नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियो ।

    कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

    कांग्रेस बाहिरिएपछि अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार