काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको एमालेका एक सांसदले जानकारी दिए। पार्टी नेतृत्वको निर्देशनअनुसार, संसदीय दलको नेता परिवर्तन गर्ने तयारीस्वरूप प्रस्ताव दर्ता गरिएको ती सांसदको भनाइ छ।
थपलियालाई हटाएर पूर्व स्वास्थ्यमन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी गरिएको छ। त्यसका लागि एमालेका प्रदेश सभा सदस्यहरूको बहुमतको हस्ताक्षरसमेत संकलन भइसकेको उनले जानकारी दिए।
बागमती सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण थप जटिल बनेका बेला एमालेले आफ्नै संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइएको हो।
काठमाडौँ। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले...
काठमाडौं । दुर्गा प्रसाई र राप्रपाबाट चोइटिएको धवलशमशेर राणाको जय नेपाल पार्टी साउन २९ गते शुक्रबार निर्वाचन आयोगमा दर्ता हुने भएको छ । निर्वाचन आयोगमा...
काठमाडौं । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने सर्लाही, मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहबिरुद्ध अख्तियार दुरुपयोग...
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१)का लागि टर्कीबाट निमन्त्रणा आएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend