काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको एमालेका एक सांसदले जानकारी दिए। पार्टी नेतृत्वको निर्देशनअनुसार, संसदीय दलको नेता परिवर्तन गर्ने तयारीस्वरूप प्रस्ताव दर्ता गरिएको ती सांसदको भनाइ छ।
थपलियालाई हटाएर पूर्व स्वास्थ्यमन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी गरिएको छ। त्यसका लागि एमालेका प्रदेश सभा सदस्यहरूको बहुमतको हस्ताक्षरसमेत संकलन भइसकेको उनले जानकारी दिए।
बागमती सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण थप जटिल बनेका बेला एमालेले आफ्नै संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइएको हो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend