काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।
लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०)सम्म हुने तय भएको उनी निकट एक नेताले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्।
चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट्ने लामिछानेको प्रयास भने सार्थक नहुने देखिएको छ। लामिछानेको प्रारम्भिक कार्यतालिकामा सीसँग भेटको कार्यक्रम छैन।
बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट लगभग तय भएको छ। उनको पहिलो भेट भने सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ, जसले यो भ्रमणमा उनलाई निम्त्याएका हुन्।
लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाइएको छ, जसमा उनकी पत्नी निकिता पौड्याल पनि हुनेछिन्। बोइजिङपछि लामिछाने प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवरसम्म जाने तय भएको छ।
रास्वपाले सत्ता सम्हालेपछि सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए।
गत जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए। उनले भाजपा अध्यक्ष नितिन नवीनसहित अन्य नेताहरूसँग पनि छलफल गरेका थिए।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend