काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको एक्लै हिँड्न खोजेको हो कि एक्लै परेको हो थाहा पाउन नसकेको बताएका छन् ।
आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको?’ केसीको प्रश्न छ ।
देश र जनताको हितमा सिंगो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै उनले थपे, ‘तर संसद्प्रति तपाईंको उपेक्षा गरेर होइन । आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुस् ।’
संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाँया बन्दै गएको उनले बताए । राम्रा प्रयासहरू पनि हचुवा र विधिविहीन देखिएको उनले बताए ।
लोकतन्त्रमा परिणाम मात्रै होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्ने उनको भनाई छ
काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । जेन जेड आन्दोलनका कारण जलेका...
काठमाडौं । ६ लाख रुपैयाँ घुसको रकमसहित पक्राउ परेका इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईका बिरुद्ध अख्तियार दुरुपयोग...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रको समग्र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरी यसलाई मुख्यतः राजस्व संकलनको क्षेत्रका रूपमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend