काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।
सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्वको विवादमा यसअघि भएको फैसलालाई पुनरावलोकन गर्ने अनुमति दिएसँगै डा. कोइरालाले यस्तो कदम चालेका हुन्।
डा. कोइरालाले २०८३ साउन २६ गते निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा उल्लेख भएअनुसार, सर्वोच्च अदालतको पूर्ण इजलासले साउन २२ गते पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट दर्ता भएको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै मुद्दा दोहोर्याएर हेर्ने आदेश दिएको छ।
‘सम्मानित सर्वोच्च अदालतले उक्त विवादित फैसलामा गम्भीर कानुनी त्रुटि रहेको औँल्याउँदै मुद्दालाई सुरुदेखि नै पुनः पूर्ण रूपमा निरूपण गर्ने गरी निस्सा प्रदान गरेसँगै नेपाली कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः गम्भीर रूपमा न्यायिक पुनरावलोकन को अवस्थामा पुगेको छ,’ शशांकले पत्रमा लेखेका छन् ।
कोइरालाले पार्टीको आगामी १५ औँ महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि साङ्गठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्कालका लागि स्थगित गर्न, अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, साङ्गठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राख्न माग गरेका छन् । विधिको शासनको सम्मान गर्दै मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण साङ्गठनिक संरचनाहरूलाई साविककै अवस्थामा राख्न कोइरालाले माग गरेका छन् ।
कोइरालाले सोही पत्रको बोधार्थ निर्वाचन आयोगलाई समेत पठाउँदै पार्टीभित्रको कानुनी र नीतिगत संक्रमणकालीन अवस्थाबारे जानकारी गराएका छन् । अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन उनले आग्रह गरेका छन् । अन्यथा, अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भएमा त्यसको जिम्मेवार सम्बद्ध पक्ष नै हुने व्यहोरा पत्रमा उल्लेख छ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको एक्लै हिँड्न खोजेको हो कि एक्लै परेको हो थाहा पाउन नसकेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । जेन जेड आन्दोलनका कारण जलेका...
काठमाडौं । ६ लाख रुपैयाँ घुसको रकमसहित पक्राउ परेका इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईका बिरुद्ध अख्तियार दुरुपयोग...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रको समग्र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरी यसलाई मुख्यतः राजस्व संकलनको क्षेत्रका रूपमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend