काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रको समग्र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरी यसलाई मुख्यतः राजस्व संकलनको क्षेत्रका रूपमा मात्र बुझ्ने गरेको बताएका छन् ।
काठमाडौँमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पोको उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले अटो क्षेत्रसम्बन्धी सरकारी नीति दीर्घकालीन अध्ययन र स्पष्ट आधारमा तय हुनुपर्नेमा जोड दिए ।
उनका अनुसार बजेटमार्फत अटोमोबाइल क्षेत्रमा विभिन्न तहका भन्सार दर लागू हुँदै आएका छन् । सवारी साधनलाई उपभोगका लागि आवश्यक वस्तुका रूपमा हेर्नुपर्ने भए पनि सरकारी नीतिमा अझै विलासिताका वस्तुसरहको दृष्टिकोण हाबी रहेको उनको भनाइ छ । नेपालमा सवारी साधनमा लगाइने भन्सार दर अन्तर्राष्ट्रिय तुलनामा समेत उच्च रहेको उनले उल्लेख गरे ।
सरकार परिवर्तनसँगै सवारी साधनको दर्ता रोक्ने वा पुनः खुलाउनेजस्ता निर्णय दोहोरिने गरेको भन्दै श्रेष्ठले यस्ता नीतिगत निर्णय तत्कालीन परिस्थितिका आधारमा नभई अध्ययन तथा अनुसन्धानपछि मात्रै गरिनुपर्ने बताए । सवारी दर्ता रोक्नुको स्पष्ट आधार र त्यसको आवश्यकताबारे सार्वजनिक रूपमा प्रस्ट हुनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले सडक सुरक्षाको बहसमा सडक पूर्वाधारको अवस्थालाई पनि समान रूपमा मूल्यांकन गर्नुपर्ने बताए । विशेष गरी राजधानीमै सडकको अवस्था कमजोर रहेको अवस्थामा दुर्घटनाको सम्पूर्ण जिम्मेवारी सवारी साधन वा चालकमा मात्र थोपर्न नहुने उनको तर्क छ । दुर्घटनाको कारण पहिचान गर्दा सडकको गुणस्तर र पूर्वाधारको अवस्थालाई समेत आधार बनाउनुपर्ने उनले बताए ।
उनले नेपालमा दीर्घकालीन र व्यवस्थित मोबिलिटी प्रणालीको आवश्यकता रहेको उल्लेख गर्दै सवारी साधनको भाडादर निर्धारण वैज्ञानिक आधारमा गर्नुपर्ने मागसमेत राखे । साथै संघ, प्रदेश र स्थानीय तहबाट हुने नीति तथा कार्यान्वयनमा एकरूपता कायम गर्नुपर्नेमा उनले जोड दिए ।
श्रेष्ठले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्दा राजस्व संकलनसँगै यातायात, पूर्वाधार, सडक सुरक्षा र आर्थिक गतिविधिमा यस क्षेत्रको भूमिकालाई समग्र रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend