Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


    मंगलबार, साउन २६ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। अपरान्ह १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    यस्तै आज दुईवटा समितिका बैठक बस्दैछन्। बिहान ११ बजे सार्वजनिक लेखा समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेका हुन्।

    लेखा समिति बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल हुने कार्यक्रम छ।विकास आर्थिक मामिला समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार