Nepal Face
  • सोमबार, २५ साउन २०८३
  • प्रधानमन्त्री र चिनियाँ राजदूत भेट- दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता


    सोमबार, साउन २५ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेट भएको छ।

    उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।

    भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।

    भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।

    यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।

    गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

    उनी विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा थिए। तर पछिल्लो पटक प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

    आज भने प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेटेका हुन्।

    उनले भोलि (मंगलबार) अमेरिकी दूतावासका उच्च अधिकारीलाई भेट्ने कार्यक्रमसमेत तय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार