काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले आफूमाथि मदिरा पिएर जथाभाबी बोलेको र अश्लील भिडियो सार्वजनिक भएको भनी लगाइएका आरोपबारे खण्डन गरेका हुन् ।
सांसद शाहीले संसद्मा स्वास्थ्यकर्मी र चिकित्सकको टोली बोलाएर आफ्नो रगत र शरीरको प्रत्येक अङ्ग जाँच गर्न चुनौती दिए । ‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु,’ शाहीले भने, ‘होइन भने भ्रम फैलाउने र चरित्र हत्या गर्नेहरूलाई कारबाही गर्ने कि नगर्ने ? यसको जवाफ गृहमन्त्रीसँग माग्छु ।’
सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएकोमा उनले आक्रोश व्यक्त गरे । ‘डिपफेक र नक्कली भिडियो बनाएर मेरो चरित्र हत्या गरियो, यसले मेरो परिवार, श्रीमती र छोरीको मानसिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा कसैले सोचेको छ,’ शाहीले प्रश्न गरे । उनले यस्ता साइबर बुलिङका घटनामा संलग्नलाई कारबाही गर्न प्रहरी र सरकार किन मौन रहेको भन्दै प्रश्न उठाए ।
सांसद शाहीले आफूले कणालीका दुई दलित परिवारको मृत्यु र अन्य जनजीविकाका सवालमा आवाज उठाएका कारण आफूमाथि यस्ता योजनाबद्ध आक्रमणहरू भएको दाबी गरे ।
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो । प्रधानमन्त्री शाहले...
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरेको छ। सोमबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपतिको कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend