काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले आफूमाथि मदिरा पिएर जथाभाबी बोलेको र अश्लील भिडियो सार्वजनिक भएको भनी लगाइएका आरोपबारे खण्डन गरेका हुन् ।
सांसद शाहीले संसद्मा स्वास्थ्यकर्मी र चिकित्सकको टोली बोलाएर आफ्नो रगत र शरीरको प्रत्येक अङ्ग जाँच गर्न चुनौती दिए । ‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु,’ शाहीले भने, ‘होइन भने भ्रम फैलाउने र चरित्र हत्या गर्नेहरूलाई कारबाही गर्ने कि नगर्ने ? यसको जवाफ गृहमन्त्रीसँग माग्छु ।’
सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएकोमा उनले आक्रोश व्यक्त गरे । ‘डिपफेक र नक्कली भिडियो बनाएर मेरो चरित्र हत्या गरियो, यसले मेरो परिवार, श्रीमती र छोरीको मानसिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा कसैले सोचेको छ,’ शाहीले प्रश्न गरे । उनले यस्ता साइबर बुलिङका घटनामा संलग्नलाई कारबाही गर्न प्रहरी र सरकार किन मौन रहेको भन्दै प्रश्न उठाए ।
सांसद शाहीले आफूले कणालीका दुई दलित परिवारको मृत्यु र अन्य जनजीविकाका सवालमा आवाज उठाएका कारण आफूमाथि यस्ता योजनाबद्ध आक्रमणहरू भएको दाबी गरे ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend