काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै सीमासम्बन्धी दिएको अभिव्यक्तिमा जवाफ दिन माग गरेकी हुन्।
प्रधानमन्त्रीलाई आफू एक्लो नभएको भन्दै राष्ट्रिय हितमा अघि बढ्न आग्रह गर्दै उनले प्रतिपक्ष सरकारको साथमा उभिन तयार रहेको बताइन्। उनले भनिन्,’प्रधानमन्त्रीज्यू आफ्नै मन्त्रिपरिषद्मा एक्लै हुनुहुन्छ। मन्त्रीका सुझाव कति सुनुहुन्छ? आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ?’
प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब दिएको भन्ने प्रश्न उठिरहेको भन्दै उनले त्यसबारे पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताइन्।
उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका विषयमा सदनमा स्पष्ट जवाफ दिन र अभिव्यक्ति सच्याउन उनले आग्रह गरिन्। उनले सरकारमाथि हुने आलोचनालाई सुझावका रूपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरिन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend