Nepal Face
  • सोमबार, २५ साउन २०८३
  • प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा बोलाउन सभामुखसँग कांग्रेसको माग


    सोमबार, साउन २५ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै सीमासम्बन्धी दिएको अभिव्यक्तिमा जवाफ दिन माग गरेकी हुन्।

    प्रधानमन्त्रीलाई आफू एक्लो नभएको भन्दै राष्ट्रिय हितमा अघि बढ्न आग्रह गर्दै उनले प्रतिपक्ष सरकारको साथमा उभिन तयार रहेको बताइन्। उनले भनिन्,’प्रधानमन्त्रीज्यू आफ्नै मन्त्रिपरिषद्मा एक्लै हुनुहुन्छ। मन्त्रीका सुझाव कति सुनुहुन्छ? आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ?’

    प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब दिएको भन्ने प्रश्न उठिरहेको भन्दै उनले त्यसबारे पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताइन्।

    उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका विषयमा सदनमा स्पष्ट जवाफ दिन र अभिव्यक्ति सच्याउन उनले आग्रह गरिन्। उनले सरकारमाथि हुने आलोचनालाई सुझावका रूपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार