काठमाडौँ। नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरू २४ घण्टा सञ्चालन गर्ने तयारी थालेको छ।
भाटभटेनी सुपरमार्केट राति पनि खुल्ला गर्ने तयारीका लागि अहिले रातिको समयमा स्टोरमा सामान मिलाउने काम सुरु गरिएको भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिए।
‘अहिले सामान मिलाउन रातिको समयमा भाटभेटनी खुलेको छ। भदौ १ गतेबाट भने रातिकै समयमै किनमेल गर्न सकिने गरी खुल्ला गर्दैै छौँ’, पौडेलले भने।
अहिले सामान मिलाउने, स्टक व्यवस्थापन गर्ने, मूल्य ट्याग राख्ने तथा सरसफाइ गर्ने काम ग्राहकको आवागमनसँगै भइरहेको र त्यसले केही असहज पनि भएको हुँदा रातिको समयमा सामान मिलाउने काम गर्दा सजिलो हुने उनले बताए।
त्यसबाहेक, ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण होस् भनेर रातिको समयमा भाटभटेनी खुल्ला गर्न लागिएको उनले बताए।
सामान बिक्रीकै लागि खुल्ला गर्दा पहिलो चरणमा काठमाडौं उपत्यकाका पाटन र भक्तपुरको राधेराधेस्थित भाटभटेनी स्टोरबाट सुरु हुने उनले बताए।
त्यसपछि भने कलंकी, बौद्ध, टंगाल, कोटेश्वरलगायत काठमाडौं उपत्यकाका अन्य स्टोरमा पनि सेवा विस्तार गर्ने योजना रहेको उनले बताए।
रात्रिकालीन सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत अतिरिक्त भत्ता दिने व्यवस्था गरिएको छ। उनीहरूका लागि रातिको समयमा चिया तथा खाजालगायत थप सुविधा पनि उपलब्ध गराइने भाटभटेनीले जनाएको छ।
हाल भाटभटेनीका स्टोरहरू बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend