Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • अब भाटभटेनी सुपरमार्केट राति पनि खुल्ने


    आइतबार, साउन २४ २०८३
    65
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरू २४ घण्टा सञ्चालन गर्ने तयारी थालेको छ।

    भाटभटेनी सुपरमार्केट राति पनि खुल्ला गर्ने तयारीका लागि अहिले रातिको समयमा स्टोरमा सामान मिलाउने काम सुरु गरिएको भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिए।

    ‘अहिले सामान मिलाउन रातिको समयमा भाटभेटनी खुलेको छ। भदौ १ गतेबाट भने रातिकै समयमै किनमेल गर्न सकिने गरी खुल्ला गर्दैै छौँ’, पौडेलले भने।

    अहिले सामान मिलाउने, स्टक व्यवस्थापन गर्ने, मूल्य ट्याग राख्ने तथा सरसफाइ गर्ने काम ग्राहकको आवागमनसँगै भइरहेको र त्यसले केही असहज पनि भएको हुँदा रातिको समयमा सामान मिलाउने काम गर्दा सजिलो हुने उनले बताए।

    त्यसबाहेक, ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण होस् भनेर रातिको समयमा भाटभटेनी खुल्ला गर्न लागिएको उनले बताए।

    सामान बिक्रीकै लागि खुल्ला गर्दा पहिलो चरणमा काठमाडौं उपत्यकाका पाटन र भक्तपुरको राधेराधेस्थित भाटभटेनी स्टोरबाट सुरु हुने उनले बताए।

    त्यसपछि भने कलंकी, बौद्ध, टंगाल, कोटेश्वरलगायत काठमाडौं उपत्यकाका अन्य स्टोरमा पनि सेवा विस्तार गर्ने योजना रहेको उनले बताए।

    रात्रिकालीन सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत अतिरिक्त भत्ता दिने व्यवस्था गरिएको छ। उनीहरूका लागि रातिको समयमा चिया तथा खाजालगायत थप सुविधा पनि उपलब्ध गराइने भाटभटेनीले जनाएको छ।

    हाल भाटभटेनीका स्टोरहरू बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार