काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ ।
१७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएको आरोप लागेकी शर्मालाई घटनाका सम्बन्धमा प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा शर्माको बयान लिइएको हो ।
उनी बिहीबार सुटुक्क परिसरमा उपस्थित भएकी थिइन् । त्यसपछि प्रहरीले सरकारी वकिल कार्यालय पुर्याएको थियो । त्यही उनको बयान भएको प्रहरीले बताएको छ । बयानमा शर्माले भने कानुन विपरीतको काम नगरेको भन्दै दाबी गरेको स्रोतले बतायो ।
‘कानुन विपरीतको काम मैले गरेको छैन । सबै कुरा मन्जुरी भएपछि काम भएको हो,’ डा.शर्माले बयानमा भनेकी छिन् । बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि छाडिएको एसपी मिश्रले बताए ।
डिम्ब तस्करी प्रकरणमा आरोप लागेपछि उनी विदेश गएकी थिइन् । विदेशबाट फर्केकी शर्मासँग प्रहरीले बयान लिएको हो ।
गोतामले पीडित युवती र आईभीएफ सेन्टरको बीचमा बसेर बिचौलियाको काम गरेको आरोप छ । बिचौलिया गोतामे र डा.शर्माबीच आर्थिक लेनदेन भएको प्रमाण समेत भेटिएको थियो ।
गोतामेको मोबाइलमा डा. शर्माले पठाएको रकमको स्क्रिनसट फेला परेको थियो । गत २१ डिसेम्बर २०२५ मा डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । यसको भोलिपल्ट पनि शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । दुवै रकम मोबाइल बैंकिङ मार्फत डा. शर्माले गोतामेलाई पठाएकी थिइन् ।
यो घटनाबाट अहिले मात्रै नभएर यसअघि पनि गोतामेले डिम्ब तस्करी गर्न डा. शर्माकोमा युवती पठाउने त्यस वापतले उनले रकम बुझ्ने गरेको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार यो प्रकरणमा पनि डा। शर्माले गोतामलेलाई ५० हजार पठाएकी थिइन् । तर पीडित युवतीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्रै दिएकी थिइन्।
काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा...
काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक व्यवस्थापनमा संस्थागत सुधारसँगै प्रहरी कर्मचारीको आचरण र कार्यसम्पादनमा पनि कडाइ आवश्यक रहेको बताएका छन्। आइतबार...
बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । तीन दिनदेखि हराइरहेका सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला...
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । बत्तिसौँ विश्व आदिवासी दिवसका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend