काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ ।
१७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएको आरोप लागेकी शर्मालाई घटनाका सम्बन्धमा प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा शर्माको बयान लिइएको हो ।
उनी बिहीबार सुटुक्क परिसरमा उपस्थित भएकी थिइन् । त्यसपछि प्रहरीले सरकारी वकिल कार्यालय पुर्याएको थियो । त्यही उनको बयान भएको प्रहरीले बताएको छ । बयानमा शर्माले भने कानुन विपरीतको काम नगरेको भन्दै दाबी गरेको स्रोतले बतायो ।
‘कानुन विपरीतको काम मैले गरेको छैन । सबै कुरा मन्जुरी भएपछि काम भएको हो,’ डा.शर्माले बयानमा भनेकी छिन् । बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि छाडिएको एसपी मिश्रले बताए ।
डिम्ब तस्करी प्रकरणमा आरोप लागेपछि उनी विदेश गएकी थिइन् । विदेशबाट फर्केकी शर्मासँग प्रहरीले बयान लिएको हो ।
गोतामले पीडित युवती र आईभीएफ सेन्टरको बीचमा बसेर बिचौलियाको काम गरेको आरोप छ । बिचौलिया गोतामे र डा.शर्माबीच आर्थिक लेनदेन भएको प्रमाण समेत भेटिएको थियो ।
गोतामेको मोबाइलमा डा. शर्माले पठाएको रकमको स्क्रिनसट फेला परेको थियो । गत २१ डिसेम्बर २०२५ मा डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । यसको भोलिपल्ट पनि शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । दुवै रकम मोबाइल बैंकिङ मार्फत डा. शर्माले गोतामेलाई पठाएकी थिइन् ।
यो घटनाबाट अहिले मात्रै नभएर यसअघि पनि गोतामेले डिम्ब तस्करी गर्न डा. शर्माकोमा युवती पठाउने त्यस वापतले उनले रकम बुझ्ने गरेको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार यो प्रकरणमा पनि डा। शर्माले गोतामलेलाई ५० हजार पठाएकी थिइन् । तर पीडित युवतीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्रै दिएकी थिइन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend