Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए


    आइतबार, साउन २४ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।

    तीन दिनदेखि हराइरहेका सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए ।

    ६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

    उनको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो।

    अन्ततः सिंहको शव सोही जंगल क्षेत्रभित्र फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार