काठमाडौँ। नेपाली बजारमा पहेलो धातु सुनको भाउ फेरि आकाशिएको छ। आज सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गएको शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बिहीबार सुनको भाउ तोलामा ८ हजार र बुधबार ४ हजार २ सय रुपैयाँ बढेको थियो।
गएका चार दिनमा सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँ बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । बत्तिसौँ विश्व आदिवासी दिवसका...
काठमाडौँ । नेपाली काँग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको हो। कार्यसमिति बैठकमा...
काठमाडौँ। जिल्ला काठमाडौँ, गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका छन् । जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६, का दुलाललाई...
काठमाडौँ। खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयबिचको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने...
श्री सम्पादकज्यू उपरोक्त सम्बन्धमा २०८३ साउन २० गतेको नेपालफेस डटकममा ‘ब्यापारी अग्रवालको सेटिङमा बीपी स्वास्थ्य प्रतिष्ठानको कार्यसमितिमा खड्का र अग्रवालको नियुक्ति’ शीर्षकमा संप्रेषित समाचारप्रति प्रतिष्ठानको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend