काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने बताए ।
‘अहिलेको सरकारमा इन्टिग्रिटी (निष्ठा) र इन्टेन्सन (नियत) मा शङ्का छैन, तर कता कता ढङ्ग नपुगेको हो कि जस्तो लाग्छ,’ झाले भने, ‘यदि तपाईंलाई के थाहा छैन भन्ने नै थाहा छैन भने तपाईंलाई साँच्चै केही पनि थाहा छैन।’
उनले गुगलका सीईओ सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै आफूलाई सबै थाहा छ भन्ने सोचले विकास रोक्ने र सिक्ने प्रक्रियामा जोड दिनुपर्ने बताए । सांसद झाले शिक्षित समाजबाट मात्रै राजनीति, लोकतन्त्र, सामाजिक सन्तुलन र न्याय सम्भव हुने बताए ।
मधेसको समस्याप्रति सरकार सचेत हुनुपर्ने भन्दै झाले त्यहाँको असन्तुष्टि अझै कायमै रहेको बताए । सीमा क्षेत्रमा सुरक्षाकर्मीले गरिब नागरिकलाई २५ रुपैयाँको चिप्समा चेकजाँच गर्ने तर एयरपोर्टमा धनीहरूले ब्लु लेबल र ल्यापटप सहजै ल्याउन पाउने विभेदकारी सोचको उनले विरोध गरे । ‘बोर्डरमा आउने गरिब र एयरपोर्टमा आउने धनीलाई किन फरक व्यवहार रु’ उनले प्रश्न गरे ।
नेपालको अर्थतन्त्र सुधारका लागि मधेस, प्रवास र निजी क्षेत्रलाई साझेदार बनाउनुपर्ने उनको प्रस्ताव छ। भारतको उदाहरण दिँदै झाले प्रवासी नेपालीहरूको ठुलो लगानी भित्र्याउन नागरिकता, भिसा र लगानीका प्रावधानमा लचिलो हुनुपर्ने बताए ।
निजी क्षेत्र अहिले त्रसित रहेको भन्दै उनले भने, ‘प्रहरी देखेपछि सुरक्षित महसुस गर्नुपर्नेमा निजी क्षेत्रका व्यवसायीहरू कुन बेला घरमा छापा मार्ला र धरपकड गर्ला भनेर डराइरहेका छन्।’
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend