काठमाडौँ। पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त)को शुक्रबार काठमाडौँमा अन्त्येष्टि गरिएको छ।
गुरुङको पार्थिव शरीर नेपाल ल्याइएपछि स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो। अन्त्येष्टिअघि स्वयम्भूमै उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्वउपसभामुख इन्दिरा रानामगर तथा नेपाल पर्वतारोहण संघका पदाधिकारीलगायत सहभागी भएका थिए। सो अवसरमा गृहमन्त्री गुरुङले राष्ट्रिय झन्डा ओढाएर पर्वतारोही गुरुङप्रति सम्मान व्यक्त गरेका थिए।
ब्रोड पिकमा आएको हिम पहिरोमा परी गुरुङसहित निर्मल पुर्जा लगायत ६ नेपाली पर्वतारोही र अन्य गरी १० जनाले ज्यान गुमाएका थिए। घटनामा ज्यान गुमाएका गुरुङको शव बिहीबार नेपाल ल्याइएको थियो।
गोरखाको लाप्राकका गुरुङ नेपाली पर्वतारोहण क्षेत्रमा अनुभवी आरोहीका रूपमा परिचित थिए। उनले सगरमाथाको १० पटक सफल आरोहण गर्नुका साथै ८ हजार मिटरभन्दा अग्ला हिमालहरू २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए।
पर्वतारोहण क्षेत्रमा लामो अनुभव र उच्च हिमाली क्षेत्रमा हासिल गरेको सफलताका बाबजुद ब्रोड पिकको आरोहणका क्रममा भएको हिम पहिरोमा परी उनको निधन भएको हो।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको...
काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै संगठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सडक निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई पाँचबुँदे निर्देशन दिएको...
काठमाडौँ। आपराधिक पृष्ठभूमि भएका चक्रे मिलन भनिने मिलन गुरुङले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend